आज ६ जनामा कोरोना संक्रमण

आज ६ जनामा कोरोना संक्रमण

नेपालमा आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८५६ पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमण भेटिएको हो ।

बितेको २४ घन्टामा ६१७ जनाको एन्टीजेन परीक्षण गर्दा भने कसैमा पनि संक्रमण नदेखिएको स्वास्थय मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आज पनि मृत्यु भएको छैन ।

आज ८ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ९ लाख ६६ हजार ९२९ पुगेको छ । हाल नेपालमा १४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू