प्रधानमन्त्रीको भोट खेर गएन

प्रधानमन्त्रीको भोट खेर गएन

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बिहान मतदान गर्नुभएको डडेलधुराको गन्यापधुरा गाउँपालिका–४ मा काँग्रेसका वडाध्यक्ष उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

काँग्रेसका वडाध्यक्ष उम्मेदवार नरेन्द्र भट्टले माओवादीका उम्मेदवार कुवँर प्रधानलाई पराजित गरेका हुन् । अघिल्लो पटक उक्त वडामा माओवादीका उम्मेदवार विजयी भएका थिए ।

टिप्पणीहरू