आज ४ जनामा संक्रमण, १८ जना संक्रमणमुक्त

आज ४ जनामा संक्रमण, १८ जना संक्रमणमुक्त

आज धेरैपछि हालसम्मकै कम कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर चार जना कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार आठ सय १७ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । अझै एक सय ७३ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा तीन जना नयाँ संक्रमित फेला परेका छन् । ललितपुर र भक्तपुरमा नयाँ संक्रमित थपिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४४ जना पुगेको छ । भक्तपुरमा दुई र ललितपुरमा आठ जना छन् ।

संक्रमणका कारण आज कसैले पनि ज्यान गुमाउन परेको छैन । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाकोे ज्यान गएको छ ।

टिप्पणीहरू