रोल्पामा माओवादीले अर्का काँग्रेसीको टाउको फुटाइदिए

रोल्पामा माओवादीले अर्का काँग्रेसीको टाउको फुटाइदिए

रोल्पामा माओवादीको कुटाइबाट हिजो साँझ अर्का एक जना काँग्रेस कार्यकर्ता गम्भीर घाइते भएका छन् । साँझ ५ बजेतिर रुन्टिगढी गाउँपालिका ३, जुरमा उनीमाथि कुटपिट भएको हो ।

राजनीतिक विवादलाई लिएर स्थानीय १८ वर्षे बुद्दे पुनले स्थानीय ४५ वर्षे कविराज पुरीलाई टाउकोमा हानेका हुन् । माओवादी कार्यकर्ताको प्रहारबाट पुरी घाइते भएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का उपसभापति बेगम कवरले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेका पुरीलाई प्राथमिक उपचारपछि थप उपचारको निम्ति दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । पुरीलाई कुट्ने पुन फरार छन् । खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ ।

टिप्पणीहरू