फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपति र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपति

फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपति र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपति

फिलिपिन्समा हिजो भएको निर्वाचनमा पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पूर्वराष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा आफ्ना छोरा र छोरी उठाएका थिए । मार्कोस जुनियरले उदारवादी पक्षधर एवम् वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडोलाई हराएका हुन् । मार्कोस कठोर शासकका रुपमा विश्वभर परिचित छन् ।

राष्ट्रपति उम्मेदवारमा अरु आठ जनाले पनि प्रतिस्पर्धा गरेका थिए ।

टिप्पणीहरू