पेबलको स्मार्ट घडी नेपाली बजारमा

पेबलको स्मार्ट घडी नेपाली बजारमा

भारतमा सबैभन्दा धेरै रुचाइएको पेबलको स्मार्ट घडी नेपाल भित्रिएको छ । पेबलले भारतमा सबैको ध्यान तान्न सफल एसेसरिज ब्रान्डले नेपालमा आफ्नो सेवा विस्तार गर्न लागेको हो ।

भारतमा बढ्दो जीवनशैलीसँग धेरै चलेको इलेक्ट्रोनिक्स ब्रान्डमध्ये पेबल एक हो । नेपालमा पेबल र लाइडट्रेडलिंक इन्टरनेशनल प्रालिबी सम्झौता भएको छ । भारतमा, पेबल सबैभन्दा धेरै बिक्री हुने स्मार्ट ब्रान्डमध्ये एक हो । यसका नवीनतम स्मार्ट घडी, फिटनेस ट्याकर छिट्टै नेपालका सबै रिटेलस्टोर र अनलाइन पोर्टलहरूमा उपलब्ध हुनेछन् । स्मार्ट घडीका साथै पेबलका उच्चगुणस्तरका अन्य सामान पनि यहि मे महिनादेखि उपलब्ध हुने बताइएको छ ।

‘हामी नेपालमा उपस्थित हुन पाउँदा खुशी छौं । हाम्रो ब्रान्डको आदर्श वाक्य सँधैं सबैका लागिल अत्याधुनिक प्रविधि उपलब्ध गराउने हो र नेपालमा हाम्रो विस्तार त्यसतर्फ एक कदम अगाडि बढेको छ,’ पेबलका सह–संस्थापक कोमल अग्रवालले भने ।

पेबलले हालसालै भारतमा तीन वटा नयाँ स्मार्टवाचहरू लञ्च गरेको छ । Cosmos Pro, Revo, / Leap प्रत्येक घडी फरक प्रयोगकर्ताका आवश्यकताहरूको लागि बनाइएको हो । जबकि Cosmos Pro / Revo शौखिनखालका उत्पादनहरू हुन् । यी उत्पादन पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुने बताइएको छ ।

टिप्पणीहरू