त्यो खोइ ?

त्यो खोइ ?

एमालेका अध्यक्ष केपी ओलीले फेरि अर्को हँसाउने टुक्का सुनाउनुभएको छ । चुनाव आएको छ । नयाँ–नयाँ टुक्का चाहियो नि ! अस्ति काठमाडौंको एक ठाउँ भाषण गर्दै उहाँले भन्नुभयो– मैले बनाएको रेलमार्गमा यो सरकारले रेल गुडाएको होइन ? मैले शिलान्यास गरेको ड्राइपोर्ट यो सरकारले उद्घाटन गरेको होइन ?

उहाँ जम्मै मैले गरेको पो भन्न थाल्नुभएछ बा । जनकपुरको रेलमार्ग उहाँले बनाएको हो ? यो त राणाकालमै बनाइसकेको थियो । उहाँको पालामा मर्मत भएको हो । मर्मत गरेकोलाई बनाएकै भन्दिने ? ड्राइपोर्ट पनि उहाँले शिलान्यास मात्रै गर्नुभएको हो । योजना त त्योभन्दा अघिल्लै सरकारले बनाइसकेको थियो ।

उहाँले त बरु काठमाडौंमा रेल गुडाउँछु भन्नुभा’थ्यो । त्यो खोइ ? उहाँले नारायणी नदीमा जहाज चलाउँछु भन्नुभा’थ्यो । त्यो खोइ ? काठमाडौंदेखि वीरगञ्ज रेल चलाउँछु भन्नुभा’थ्यो । त्यो खोइ ? जनताको घर घरमा ग्यासको पाइप पु¥याउँछु पनि भन्नुभा’थ्यो । त्यो खोइ ? भए भरका तुइन काटेर पुल राखिदिन्छु भन्नुभा’ थ्यो । त्यो खोइ ?

अरु पनि केही भन्नुभा’ थ्यो ? भन्नुभा’ थ्यो भने त्यो पनि खोइ ?

टिप्पणीहरू