आज ८ जना संक्रमित

आज ८ जना संक्रमित

मुलुकभर गत २४ घण्टामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर एक हजार छ सय ९३ जनामा पिसिआर परीक्षण गर्दा छ र एक हजार दुई सय नौ एन्टीजेन परीक्षणका क्रममा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा नौ लाख ६६ हजार आठ सय छ जना निको भएका छन् ।

हाल नेपालमा एक सय ९० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू