सुँगुरको मुटु प्रत्यारोपण गरेका व्यक्तिको ज्यान जानुको कारणबारे अनकौं आशंका

सुँगुरको मुटु प्रत्यारोपण गरेका व्यक्तिको ज्यान जानुको कारणबारे अनकौं आशंका

अमेरिकाको मेरिल्याण्डका ५७ वर्षीय डेभिड बेनेट सिनियर प्रत्यारोपण विफलतासँग जोडिएको सुँगुरको भाइरसको शिकार भएको हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् ।

सुँगुरको भाइरसका कारण उनको मृत्यु भएको हुन सक्ने प्रत्यारोपणमा संलग्न शल्यचिकित्सक डा. बार्टले ग्रिफिथले बताएका हुन् । बेनेटको शल्यक्रिया जनवरी ७ मा बाल्टिमोर युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा भएको थियो । तर, शल्यक्रिया गरिएको दुई महिनापछि उनको मृत्यु भएको हो ।

‘शल्यक्रियापछि प्रत्यारोपित मुटुले केही सातासम्म कुनै अवरोधबिना धेरै राम्रो काम गरेको थियो । तर, शल्यक्रियापछि उनको अवस्था झनै बिग्रँदै गयो’, मेडिकल सेन्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सुँगुरको भाइरसले यस्ता प्रत्यारोपणका बिरामीलाई आजीवन निगरानी गर्नुपर्ने चासोलाई उजागर गरेको विज्ञहरू विश्वास गर्छन् । बेनेटको मुटु पोर्सिन साइटोमेगालो भाइरसबाट संक्रमित भएको जनाइएको छ । यस्ता संक्रमितलाई श्वासप्रश्वासको जटिल समस्या देखिने गरेको अनुसन्धानबाट खुलेको छ ।

बेनेटमा प्रत्यारोपण गरिएको सुँगुरको मुटु बायोटेक कम्पनी रेभिभिकोरले तयार पारेको थियो ।

टिप्पणीहरू