नाइजेरियामा ४८ जनाको हत्या, मारिनेको संख्या १ सय नाघेको आशंका

नाइजेरियामा ४८ जनाको हत्या, मारिनेको संख्या १ सय नाघेको आशंका

नाइजेरियमा फेरि बन्दुकधारीहरुले गाउँलेमाथि आक्रमण गरेका छन् । उत्तर पश्चिमी जाम्फारा राज्यका तीन वटा गाउँमा भएको आक्रमणमा बन्दुकधारीहरूले कम्तीमा ४८ जनाको हत्या गरेका छन् ।

स्थानीय बासिन्दाका अनुसार दम्री, सबोन गारिन र कालाह गाउँमा नकावधारीहरूले गरेको भीषण आक्रमणमा ४८ जनाको मृत्यु भएको हो । उक्त स्थान निकै दुर्गम क्षेत्र हो ।

नाइजेरियाका ग्रामीण इलाकमा हतियारधारीहरुले वर्षेनी सयौंको ज्यान लिने गरेका छन् । एक अर्को समाचारमा मारिनेहरुको संख्या एक सय नाघेको जनाइएको छ ।

स्रोतः एएफपी

टिप्पणीहरू