भोट हाल्न भारतबाट आउनेको लर्कोसँगै कोरोनाको जोखिम पनि बढ्दो

भोट हाल्न भारतबाट आउनेको लर्कोसँगै कोरोनाको जोखिम पनि बढ्दो

स्थानीय तहको निर्वाचनमा भोट हाल्न प्रवासी नेपालीहरु धमाधम घर फर्किन थालेका छन् । श्रम गर्न छिमेकी मुलुक भारत पुगेका उनीहरु भोट हाल्नको लागि नेपाल फर्किएका हुन् ।

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढिरहेको छ । उक्त नाकाबाट अरु बेला प्रतिदिन एक सयदेखि दुई सय नेपाली भारतबाट फर्किने गरेकोमा अहिले सो संख्या बढेर दैनिक पाँच सयभन्दा बढी पुगेको छ ।

‘अहिले दिनमै पाँच सयदेखि आठ सय जनासम्म स्वदेश फर्किरहेका छन् । यो संख्या अझै बढ्ने देखिन्छ’, गड्डाचौकी हेल्थ डेस्कका इञ्चार्ज विकास भट्टले भने ।

यता, भारतमा कोरोना भाइरसको संक्रमण बढीरहेकाले नेपाल आउनेहरुले अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्न र कोरोनाविरुद्ध खोप लगाउन छुटेकाहरुले अनिवार्य खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

टिप्पणीहरू