आज १५ जना संक्रमित, १७ जना निको

आज १५ जना संक्रमित, १७ जना निको

पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार चार सय ५० जनाको पीसीआर परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर दुई सय १५ जना सक्रिय संक्रमित छन् । तीमध्ये एक सय छ जना आइसोलेसनमा छन् ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार एक सय १३ पुगेको छ । मृत्यु हुनेको संख्या ११ हजार नौ सय ५२ पुगेको छ भने नौ लाख ६६ हजार साय ४७ जना संक्रमणमुक्त भएका छन् ।

टिप्पणीहरू