केशव स्थापितलाई हप्तैपिच्छे निर्वाचन आयोगको पत्र

केशव स्थापितलाई हप्तैपिच्छे निर्वाचन आयोगको पत्र

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्थापितले काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । स्थापितले प्रतिस्पर्धी साहलाई ’अन्तर्राष्ट्रिय ठग’ भन्दै अराजनीतिक टिप्पणी गरेका थिए ।

यसअघि काठमाडौंको एउटा कलेजमा आयोजित अन्तरक्रिया कार्यक्रममा पनि उनले महिलाका बारेमा दिएको अभिव्यक्तिलाई लिएर पनि आयोगले स्पष्टीकरण सोधेको थियो ।

टिप्पणीहरू