आज ३२ जनालाई कोरोनाले समात्यो, २३ जना घर फर्के

आज ३२ जनालाई कोरोनाले समात्यो, २३ जना घर फर्के

पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९४ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण भेटिएको हो ।

मन्त्रालयका अनुसार एक हजार पाँच सय चार जनाको पीसीआर परीक्षणमा २९ जना र एक हजार पाँच सय ९० जनाको एन्टीजेन परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर दुई सय १७ जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू