सूचनाको हकको सम्मान गर्न सूचना दिवस

सूचनाको हकको सम्मान गर्न सूचना दिवस

आज मुलुकभर राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइदैछ । ‘गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार समुन्नत राष्ट्रको निर्माणको आधार’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो ।

सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसंगै व्यवस्थित बनाउन सरकारले हरेक वर्ष यो दिवस मनाउने गरेको हो । एक्काइसौं शताब्दीमा आएपछि सूचना प्रविधिमा निकै विकास भएको छ । सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण बढाउन तथा डिजिटल साक्षरतामा जोड दिन यो दिवसले निकै अह्म भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

सार्वजनिक महत्वको सूचना नागरिकमा सहजताका साथ पुर्याउनु, सूचनाको हकको सम्मान गर्नु, कानूनले निर्दिष्ट गरेकै अवधिभित्र सूचना मागकर्ता नागरिकलाई सूचना दिनु र सूचना प्रवाहकै माध्यमद्वारा आम जनतामा सुशासनको अनुभूति दिलाउनु यो दिवसको उदेश्य हुन् ।

प्रविधिको उपयोगलाई बढी विश्वासनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आम नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज र सुलभ बनाउन सूचना तथा प्रसारण विभागको जोड छ ।

टिप्पणीहरू