संक्रमितभन्दा निको हुनेको संख्या धेरै

संक्रमितभन्दा निको हुनेको संख्या धेरै

पछिल्लो २४ घण्टामा मुलुकभर ११ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार आठ सय ९१ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै दुई सय ५२ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा तीन जनामा संक्रमण देखिएको छ । ललितपुर र भक्तपुरमा नयाँ संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४४ रहेको छ । भक्तपुरमा सात र ललितपुरमा १८ जना छन् ।

आज पनि संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भएको छ ।

टिप्पणीहरू