लोकतान्त्रिक पद्धतिबाट पहिलो पटक हटाइएका प्रधानमन्त्रीको सुरक्षामा विशेष ध्यान दिन आग्रह

लोकतान्त्रिक पद्धतिबाट पहिलो पटक हटाइएका प्रधानमन्त्रीको सुरक्षामा विशेष ध्यान दिन आग्रह

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सुरक्षालाई ध्यानमा राख्दै कडा सुरक्षा दिइने भएको छ । त्यहाँका नवनियुक्त प्रधानमन्त्री शेहबाज सरिफले पूर्वप्रधानमन्त्री खानको सुरक्षामा विशेष ध्यान दिन र आवश्यक प्रबन्ध गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।

केन्द्र सरकारले चार वटा प्रान्तका गृह सचिवहरुलाई पत्र पठाएर उक्त निर्देशन दिएको हो । आजाद काश्मिर र गिल्गिट–बाल्टिस्टानका साथै आईजीपी र इस्लामाबादका प्रमुख आयुक्तलाई जरुरी पत्र पठाइएको छ । यसअघि उनीहरुले खानका लागि कडा सुरक्षा उपाय अपनाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री सरिफले गृहमन्त्री राना सनौल्लाहलाई परिस्थितिको अनुगमन गर्न र आदेश कार्यान्वयनको सुनिश्चित गर्न पनि निर्देशन दिएका छन् ।

खान पाकिस्तानको राजनीतिक इतिहासमा लोकतान्त्रिक प्रक्रियाबाट हटाइएका पहिलो प्रधानमन्त्री बनेका छन् ।

टिप्पणीहरू