माओवादी अध्यक्ष पेरिसडाँडामा कड्किनुभयो

माओवादी अध्यक्ष पेरिसडाँडामा कड्किनुभयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताउनुभएको छ । आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले केही राजनीतिक तत्वहरुले गत वर्ष नै गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध सबै जनता एकजुट भएर लड्नु पर्ने धारणा राख्नुभएको हो । आज अलि कड्किँदै उहाँले मुलुकमा बसोबास गर्ने सबै समुदायको पहिचान र अधिकार माओवादी केन्द्रले एक्लै लडेर स्थापित गरेकाले यसविरुद्ध हुने षड्यन्त्रलाई चकनाचुर पारेर छाड्ने बताउनुभयो ।

‘राजनीतिक परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरुका विरुद्ध सबै जनता एकजुट भएर लड्नुपर्छ,’ उहाँले अगाडि भन्नुभयो, ‘यो देशका मधेशी, थारु, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकारको लडाईं माओवादी केन्द्र एक्लैले लडेर त्यसलाई स्थापित गरेको हो ।’

टिप्पणीहरू