श्रीलंकाले केही समय विदेशी ऋण नतिर्ने

श्रीलंकाले केही समय विदेशी ऋण नतिर्ने

श्रीलंकाले हालका लागि विदेशी ऋण नतिर्ने घोषणा गरेको छ । मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र अत्यावश्यक वस्तु र सेवा किन्न गाह्रो पर्ने देखिएपछि त्यहाँको सरकारले अस्थायी रुपमा विदेशी ऋण नतिर्ने निर्णय गरेको हो ।

श्रीलंकाको केन्द्रीय बैंकका गर्भनरले ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने भएकाले ऋण तिर्ने कामलाई स्थगित गरेको बताएका छन् ।

अहिले ऋण भुक्तानी असम्भव अवस्थामा आइसकेकाले यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ । श्रीलंकामा खाद्यान्न र औषधिको अभावसँगै लामो समयदेखि विद्युत् कटौती हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

श्रीलंकाको स्थिति यति भयावह छ कि धेरै अस्पतालले नियमित शल्यक्रियाहरू स्थगित गरेका छन् ।

टिप्पणीहरू