रातारात बन्यो अर्को भव्य रङ्गशाला (फोटो फिचर)

रातारात बन्यो अर्को भव्य रङ्गशाला (फोटो फिचर)

चीनको हाङचौ शहरमा अबको ५ महिनापछि शुरु हुने उन्नाइसौं एसियाली खेलकुदको तयारीस्वरुप सबै ५६ निर्माण कार्य सम्पन्न भएको छ। आगामी सेप्टेम्बर १० देखि २५ सम्म चीनको चच्याङ्ग प्रान्तको हाङचौमा एसियाली खेलकुद र त्यसपछि अक्टोबर ९ देखि १५ सम्म चौथो पारा ओलम्पिक खेलकुद आयोजना हुनेछ।

हाङचौ एसियाली खेलकुद आयोजक समिति (HAGOC) का अनुसार त्यहाँ १२ वटा नयाँ निर्माण गरिएको र ४४ वटालाई पूर्ण अपडेट गरिएको हो । यसका साथै ३१ तालिम स्थल र पाँच खेलकुद गाउँ पनि तयार गरिएका छन् ।

चीनमा आयोजना गरिन लागेको यो तेस्रो एसियाली खेलकुद हो भने यसभन्दा अघि सन् १९९० मा बेइजिङ्ग र २०१० मा ग्वान्झाउमा आयोजना गरिएको थियो।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू