चियापर्व अघि चियाको पात टिप्न चिनियाँ किसान व्यस्त (फोटो फिचर)

चीनका विभिन्न प्रान्तका किसान यो वर्षको सिजनमा चियाको पात टिप्न व्यस्त हुन थालेका छन् ।परम्परागत रूपमा हरेक वर्षको वसन्त ऋतुमा देखिने चियाको पातको पहिलो पालुवाबाट बनाइको चियालाई चीनमा सर्वश्रेष्ठ मानिन्छ । यो वर्ष अप्रिल ५ अर्थात पर्सि मंगलबार परेको छिङमिङ पर्वअघि नै त्यस्तो चियाको पात टिप्नुपर्छ ।त्यही कारण अहिले उनीहरु चिया बगानमा व्यस्त भएका हुन् । चिनियाँ समाचार समिति सिन्ह्वाको बुलेटिनमा त्यसबारेको समाचार र चीनका विभिन्न क्षेत्रमा रहेका चिया बगानमा किसानहरूले चियाको पात टिप्दै गरेको मनमोहक दृश्य देख्न सकिन्छ ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू