आज ३५ जना संक्रमित, मृत्युदर शुन्य

आज ३५ जना संक्रमित, मृत्युदर शुन्य

पछिल्लो २४ घण्टामा मुलुकभर ३५ जना कोरोना संक्रमित भेटिएका छन् । पाँच हजार दुई सय ७८ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा दुई सय ६६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ६ प्रतिशत छ । अझै दुई हजार दुई सय १९ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा नौ जना संक्रमित थपिएका छन् । भक्तपुरमा एक जना भेटिए पनि ललितपुरमा संक्रमित भेटिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या दुई सय ३८ छ । भक्तपुरमा २२ र ललितपुरमा दुई सय ४० जना छन् ।

आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ । २४ घण्टामा थपिएका संक्रमितमध्ये ११ जना युवायुवती छन् भने तीन जना किशोरकिशोरी हुन् ।

टिप्पणीहरू