हस्तकलाको विकास गर्ने जिम्मा प्रचण्डलाई

हस्तकलाको विकास गर्ने जिम्मा प्रचण्डलाई

नेपाल हस्तकला महासंघले नयाँ नेतृत्व चयन गरेको छ । हिजो सम्पन्न महासंघको निर्वाचनमा प्रचण्ड शाक्य अध्यक्षमा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा सनम शाक्य,उपाध्यक्ष (उद्योग) दिव्यतारा तुलाधर,उपाध्यक्ष (वाणिज्य) दिल्लीरत्न तुलाधर र उपाध्यक्ष (व्यक्तिगत) नवीन शाक्यलाई चयन गरिएको छ ।

त्यसैगरी जिल्ला र प्रदेश हस्तकला संघ कार्यसमिति सदस्यमा (क) गणेशमान राजचल (ख) पदमराज बराल,कार्यसमिति सदस्य (उद्योग) (क) मा रत्नमणि बज्राचार्य (ख) अमूल्यदेवी शाक्य (ग) र विक्रम सिंह महर्जन चुनिएका छन् ।

कार्यसमिति सदस्य (वाणिज्य) मा (क) प्रताप शाक्य,(ख) मिलनवीर मालाकार र (ग) राकेश बज्राचार्य त्यस्तै कार्यसमिति सदस्य (व्यक्तिगत) मा (क) उदिप शाक्य (ख) मणिकमान शाक्य (ग) विकास शाक्य र (घ) मा सुजनरत्न शाक्य छानिएका छन् ।

वस्तुगत अध्यक्षतर्फ (क) रेखा अर्याल र (ख) उपाध्यक्षमा अमृत खड्का छानिएका छन् ।

टिप्पणीहरू