चैतमा फुली थाप्ने चक्कर

नेपाली सेनाभित्र चैतमा हुने प्रमोसनमा ३० देखि ४० बेसिकसम्मका अधिकृतहरु भिड्दै छन् । पटक–पटक छानबिन भए पनि उम्कन सफल खेलाडी हुन्– प्रमुख सेनानी दीपेन्द्र गुरुङ (पूर्वअञ्चलाधीशका छोरा) । राजेन्द्र क्षेत्रीलाई विशेष प्रभावमा पारेर डलर समाएका बखत अब्जर्भरमा समेत मेडल थाप्न असजिलो नमानी बसे । नेपालगञ्जमा बुबा अञ्चलाधीश रहँदा लखनउबाट आइए पास प्रमाणपत्र रु. ७ हजार आइसीमा खरिद गरेका हुन् ।

प्रमुख सेनानी सुनिलसिंह राठौर राजेन्द्र क्षेत्रीलाई दबाब दिन लगाई पिएसओ÷मेडल पाउन असफल भएका तर हाल सहायक रथी प्रेम शाहीको नातेदार भएकै कारण अमेरिका कोर्ष पड्काउन सफल भए । भिक्टर राणाको पालामा सगरमाथा चढ्ने टोलीले पदक नपाउनेमा उनी पदक थापी प्रमुख सेनानीमा छलाङ मारेका व्यक्ति हुन् । आइएको प्रमाणपत्र रुपैडियामा रु. ३५ सय आइसी दिई मिलाएको तथ्य सँगै जाने भाग्यमानी महासेनानी सुरेश हमाललाई प्रष्ट थाहा छ । उनी पनि त्यही सर्टिफिकेटले महासेनानी भएका छन् । इश्वर हमालको कृपाले हाल खरिपाटीमा तालिम अधिकृत रहेका प्रमुख सेनानी मोहनचन्द्र गुरुङ क्याडेटको राशनमा चुर्लुम्म डुबेर सीतापाइलास्थित पदम कोलोनीमा गज्जबको घरभित्र बस्दै छन् । गणेश दललाई डुबाएर हिँडेका उनी दौडिन नसकी गणकै लाष्ट भए ।

आरजुको विशेष पात्र रहेका र दुई÷दुईपटक देउवाको पिएसओ बसेका प्रमुख सेनानी अनुप राणालाई बोलाएर नेपाली सेनाको धज्जी उडाउँदासमेत लाचार सेना उनैलाई पठाउन बाध्य भयो । सबैभन्दा बढी शान्ति सेना गएका उनैको कृपा र जर्नेल हरि बस्नेतको सालो भएको कारणले फोर्स कमाण्डरको स्टाफस्वरुप अब्जर्भरमा दोहो¥याए । अहिले पनि हप्तामा एकपटक आरजुकहाँ दर्शनभेट गर्न पुग्छन् र सैनिक गतिविधिबारे जानकारी गराइराख्छन् । प्रधानसेनापतिको किचेन क्याबिनेटका महासेनानी बबी चन्दले रारामा गुल्मपति हुँदा र सम्भारमा बस्दा राम्रो बन्दोबस्त मिलाउन सफल भए । अब फेरि अमेरिकाको एक वर्षे कोटा हेरिरहेका छन् । प्रमुख सेनानी अर्जुन बस्नेतले जोमसोमको करिब चार करोडको निर्माणबाट मात्र २५ प्रतिशत गोजीमा हाल्न भ्याए । छानबिन गर्दा सबै कुरा छर्लंग भइहाल्छ । छानबिन नहोस् भनेर कति कालो बोको च्यापी मन्दिर धाउनु !

– सकल दर्जा

टिप्पणीहरू