हामी अमेरिकी एक्सेसमा गएका छैनौं : प्रकाशमान सिंह

हामी अमेरिकी एक्सेसमा गएका छैनौं : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा भएकाले आफूहरुले त्यसको वकालत गरेको बताएका छन् । काठमाडौंमा आज आयोजित बुथ कार्यसमिति गठन समारोहलाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

नेता सिंहले भने, ‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेकाले आवश्यक छ भनेर काँग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेको हो ।’

उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इण्डो–प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति जनाए । ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ । यसलाई हामीले छाडेका छैनौं । नेपाल अमेरिकी एक्सेसमा गयो । असंलग्न नीति बिर्सियो भनिएको छ,त्यो बिल्कुल होइन ।’

टिप्पणीहरू