आज १ सय बढी संक्रमित, १ जना बिते

आज १ सय बढी संक्रमित, १ जना बिते

पछिल्लो २४ घण्टामा मुलुकभर एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार सात सय १० जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा चार सय १५ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ । मुलुकभर अझै आठ हजार पाँच सय १७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ३६ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा १३ जना छन् । ललितपुरका तीन तथा भक्तपुरका तीन जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय १७ रहेको छ । भक्तपुरमा एक सय ४४ र ललितपुरमा एक हजार एक सय ६ जना सक्रिय संक्रमित छन् । आज एक जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ३५ पुगेको छ ।

टिप्पणीहरू