अन्ततः भिडियो बनाएर अरुलाई दु:ख दिनेले नै दु:ख पाए

अन्ततः भिडियो बनाएर अरुलाई दु:ख दिनेले नै दु:ख पाए

नेपाली प्राङ्कस्टर युट्युब च्यानलका सन्चालक समातिएका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले प्राङ्कको नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक हैरानी दिएको भन्दै च्यानलका सन्चालक आकाश सेढाइलाई समातेको हो ।

झापा विर्तामोड नगरपालिका वडा नं. ४,आदर्शटोल स्थायी ठेगाना भएका २७ वर्षीय सेढाइ हाल भक्तपुरको कौशलटार बस्दै आएका छन् ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको ठहर गर्दै जिल्ला अदालत काठमाण्डौबाट हिजो अनुमति लिई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपालका सबैभन्दा पुरानो प्राङ्कस्टरमध्येमा पर्ने सेढाइँले ८ वर्षअघिदेखि प्राङ्क भिडियो बनाउँदै आएका थिए ।

यस्तै गृह मन्त्रालयले गत माघ १३ गते सार्वजनिक स्थलमा प्राङ्क भिडियो बनाउन नपाइने भन्दै विज्ञप्ति जारी गरिसकेको थियो ।

मन्त्रालयले सार्वजनिक स्थलहरूमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाको सिकार भएका व्यक्तिमा देखिन सक्ने र मानसिक तनाव उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्र,सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै कुनै पनि प्राङ्क भिडियो नबनाउन अनुरोध गरेको थियो ।

टिप्पणीहरू