कर्णालीमा मन्त्री बन्नुअघि नै बिरोध

कर्णालीमा मन्त्री बन्नुअघि नै बिरोध

मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद र जरिवाना भुक्तान गरिसकेकालाई मन्त्री बनाउन लागिएको भन्दै कर्णालीमा छिरिङ दमदोल लामा (कार्चेन लामा) को चर्को बिरोध भएको छ ।

हुम्लाका माओवादी केन्द्रका नेता लामा कर्णाली प्रदेश सरकारमा मन्त्री बन्न लागेका हुन् । उनले आइतबार मन्त्रीको शपथ लिने बताइएको छ । तर माओवादी केन्द्रका सांसदहरुले निर्वाचित सदस्यहरूलाई बेवास्ता गर्दै जेल सजाय भोगिसकेका व्यक्तिलाई मन्त्रीजस्तो उच्च पदमा नियुक्त गर्न लागेको भनेर बिरोध गरेका हुन् ।

लामालाई २०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा हुम्ला जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । उनले २०४९ कार्तिक २८ देखि २०५१ कार्तिक २७ गतेसम्म कैद सजाय भोगिसकेका छन् ।

हाल कर्णाली प्रदेशमा माओवादी केन्द्रका १२ सांसद् छन् ।

टिप्पणीहरू