नेपाली सेनाको परीक्षा रोकियो

नेपाली सेनाको परीक्षा रोकियो

कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेपछि नेपाली सेनाले सबै खालका परीक्षा स्थगित गरेको छ । खुला प्रतिस्पर्धाबाट जनशक्ति छनौट गर्न विभिन्न तहमा विज्ञापन आह्वान गरेको नेपाली सेनाले सबै परीक्षा स्थगित गरेको हो । सेनाले विभिन्न पदको लिखितलगायतका परीक्षा यसअघि नै तय गरेको थियो ।

नेपालमा द्रुत गतिमा फैलिरहेको ओमिक्रोनका कारण नेपाली सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुको वार्षिक कार्यतालिकाअनुसार सञ्चालित भर्ना छनौट परीक्षा कार्यक्रमहरु माघ ११ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित भएको बताइएको छ । साथै, परिस्थिति केही साम्य भएपछि परीक्षा पुनः सञ्चालन गरिने जनाइएको छ ।

टिप्पणीहरू