भारतीय सेनाको हतियार किन्ने क्रम जारी

भारतीय सेनाको हतियार किन्ने क्रम जारी

भारतीय सेनाले स्वीडेनसँग एकल सट प्रणालीको हतियार खरिद गरेको छ । उसले स्वीडिस हतियार उत्पादक कम्पनी एसएएबीसँग एटी ४ सीएस एएसटी नामक एकल सट प्रणालीको हतियार खरिद गरेको हो ।

यो हतियार लक्षित बंकर,ठूला भवन वा शहरका भित्री भागमा प्रहारको लागि प्रख्यात छ । यो एक जना सैनिकले उडिरहेको हेलिकोप्टर, सशस्त्र वाहन,अवतरण गर्न लागेको जहाज, सशस्त्र जवान तथा संरचनाभित्रसमेत प्रयोग गर्न सक्छ ।

यसमा ८४ एमएम क्यालिबर वारहेड समेत रहेको छ । यो हतियार तुलनात्मक रुपमा हलुका र एकल–सट प्रणालीको भएकाले प्रयोगमा निकै सजिलो भएको बताइएको छ ।

टिप्पणीहरू