मध्यपश्चिमका सबै परीक्षा स्थगित

मध्यपश्चिमका सबै परीक्षा स्थगित

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । कोभिड–१९ को नयाँ भेरिएन्टको संक्रमण तीव्र गतिले फैलिएको भन्दै परीक्षा व्यवस्थापन कार्यालयले आजदेखि हुने भनिएका परीक्षा स्थगन गरेको हो ।

कार्यालयले आज एक सूचना जारी गर्दै अर्को जानकारी नगराउँदासम्मका लागि परीक्षा स्थगित गरेको बताएको छ । स्थगित परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने कार्यालयले जनाएको छ ।

गत आइतबारदेखि इञ्जिनियरिङ संकायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियो ।

टिप्पणीहरू