वाणिज्य बैंकमा कोरोना भसक्कै, सीईओलगायत ३ सय संक्रमित

वाणिज्य बैंकमा कोरोना भसक्कै, सीईओलगायत ३ सय संक्रमित

राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयदेखि शाखासम्म कर्मचारीहरु कोरोना संक्रमित भएका छन् । हिजो साँझसम्म तीन सय बढी कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

बुस्टर डोज लगाए पनि संक्रमण भएको बैंकका अधिकारीहरुले बताए । पूर्ण खोप सबैले लगाए पनि संक्रमणको दर तीव्र भएको छ । सबैभन्दा धेरै संक्रमित सिंहदरबारको मूल ढोका सामुन्ने रहेको बैंकको मुख्यालयमा देखिएको छ । स्रोत भन्छ,‘अहिलेसम्म तीन सय नाघेको छ । ठूलाबडा सबैलाई कोरोना लागेको छ ।’

बैंकका सीईओ किरणकुमार श्रेष्ठ, दुबैजना डेपुटी सिईओ,तीन जना डिजिएम,छ जना विभागीय प्रमुख अफिस आउन छाडेको केही दिन भइसकेको छ । हिजो साँझसम्म हेड अफिसमा संक्रमितको संख्या ४० नाघेको बताइन्छ ।

“संक्रमितमध्ये अधिकांशलाई रुघा, खोकी र झाडापखाला लागेको छ ।”

कोरोना संक्रमित भएर कार्यालय आउन छाडेका हाकिमहरुमा डेपुटी सिईओ कविराज अधिकारी,देवेन्द्र रमण खनाल हुन् । त्यसैगरी डिजिएमहरु विमल डंगोल,पवन रेग्मीलगायत छन् । विभागीय प्रमुखहरुमा सन्दिप कार्की,भीम घिमिरेलगायत छन् ।

संक्रमितमध्ये अधिकांशलाई रुघा, खोकी र झाडापखाला लागेको छ । बैंकका मुख्य अधिकृतहरु नै अनुपस्थित भएपछि काम कसरी चलेको छ ? भनेर राखिएको जिज्ञासामा स्रोतले भन्यो, ‘कहिलेकाँही भर्चुअल बैठक गर्छौं । नलागेका हाकिम कार्यालय जाने गरेका छन् । जेनतेन कार्यालय खोल्ने काम भएको छ ।’

टिप्पणीहरू