ललितपुरका १ सय १० कर्मचारीमा संक्रमण

ललितपुरका  १ सय १० कर्मचारीमा संक्रमण

ललितपुर महानगरपालिकाका धेरै जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महानगरमा कार्यरत अधिकांश कर्मचारीमा संक्रमण देखिएको हो । महानगरका एक तिहाई कर्मचारीमा संक्रमण फेला परेको छ ।

आज जनआस्थासँग कुराकानी गर्दै महानगरका प्रवक्ता राजु महर्जनले अहिलेसम्म १ सय १० जना कर्मचारीमा संक्रमण फेला परेको बताउनुभयो । उहाँका अनुसार महानगरका प्रशासन र वडा कार्यालयमा कार्यरत कर्मचारीहरुमा मात्र संक्रमण पुष्टि भएको हो ।

महानगरमा संक्रमित कर्मचारीको संख्या अझै बढ्न सक्ने बताउँदै उहाँले सरसफाईतर्फका कर्मचारीहरु अझै कोरोना परिक्षण गर्न नआएको बताउनुभयो । महर्जनका अनुसार मेयरको सचिवालयका चार जना कर्मचारीमा पनि कोरोना देखिएको छ ।

त्यस्तै, उपमेयरको सचिवालयका कर्मचारी, महानगरको योजना आयोगका अधिकृत, कार्यालय सहयोगीलगायतलाई संक्रमण देखिएको छ । कर्मचारीमा संक्रमण देखिएपछि सेवा स्थगन गर्ने विषयमा छलफल भइनसकेको बताउनुभयो ।

टिप्पणीहरू