हिजो नाम घोषणा,आज छुट्टी

हिजो नाम घोषणा,आज छुट्टी

हिजो बसेको प्रदेशसभा बैठकले प्रदेश नम्बर २ को नाम र राजधानी तोकेको उपलक्ष्यमा मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ कायम भएको खुशियालीमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिएका छन् ।

टिप्पणीहरू