कोरोनाको ‘रेड जोन’ मा चितवन

कोरोनाको ‘रेड जोन’ मा चितवन

कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि चितवन जिल्लालाई उच्चजोखिम क्षेत्र ‘रेड जोन’ मा राखिएको छ । पछिल्ला केही दिनयता सक्रिय संक्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्रमा राखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि चितवनामा पनि कोरोना संक्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ जना सक्रिय संक्रमित रहेकामा माघ २ गते परीक्षण गरिएकामध्ये १ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । जसअनुसार जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ८ सय २८ पुगेको छ ।

तीमध्ये २६ जना अस्पतालमा भर्ना भएका छन् भने ८ सय २ जना होम आइसोलेसनमा छन् । कोरोना संक्रमितमध्ये ४ सय ३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये ६ सय ६६ जना भरतपुर महानगरपालिकाका हुन् ।

यस्तै खैरहनी नगरपालिकामा २७, माडी नगरपालिकामा १५, रत्ननगर नगरपालिकामा ७२, राप्ती नगरपालिकामा १९, कालिका नगरपालिकामा १६ जना संक्रमित छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा १२ जना संक्रमित रहेको बताइएको छ ।

टिप्पणीहरू