दाउरा प्रहार गरी दानुको हत्या

दाउरा प्रहार गरी दानुको हत्या

सोलुखुम्बुमा दाउराले टाउकोमा प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । हिजो राति माप्य दुधकोशी गाउँपालिका १ बस्ने ५२ वर्षीय दानु शेर्पाको हत्या गरिएको हो ।

उनको हत्या गरेको अभियोगमा स्थानीय ४५ वर्षीय वाङ्दी शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले हिजो राति दाउराले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । त्यसलगतै उक्त सूचना प्राप्त हुनासाथ प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले वाङ्दीलाई पक्राउ गरेको हो ।

उनले के कारणले दानुको कुटपिट गरी हत्या गरेका थिए । त्यसबारे सबै जानकारी दिइएको छैन । उनलाई थप अनुसन्धान गर्न प्रहरी कार्यालय विराटनगर पठाइएको छ ।

टिप्पणीहरू