प्रधानन्यायाधीशविरुध्द माधवकुमारको रीट दर्ता भएन

प्रधानन्यायाधीशविरुध्द माधवकुमारको रीट दर्ता भएन

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुध्द महाभियोगको मागसहित दायर रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

राणाविरुद्ध लागेका आरोपहरु गम्भीर प्रकृतिका भएकाले ती आरोपहरु छानविन गरी कारवाहीका लागि माग गर्दै अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रीट आज दरपीठ भएको हो । रीटमा राणाको कारवाहीका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभामुख, प्रतिनिधिसभाका नाममा परमादेश जारी गर्न माग गरिएको छ ।

त्यस्तै,अधिवक्ता बस्नेतले प्रधानन्यायधीश राणाविरुद्ध संवैधानिक नैतिकताको प्रश्न पनि उठाएका छन् । लामो समयदेखि राणा अदालतमा उपस्थित भएर पदीय कर्तव्य पूरा नगर्नुका साथै संविधानको धारा १२९ (६) बमोजिम वैकल्पिक संवैधानिक उपाय अवलम्बन गर्न अवरोध गरिरहेकाले संवैधानिक नैतिकताको सिध्दान्त पालना गराउन परमादेश आदेश मागिएको छ।

प्रधानन्यायाधीश विरुध्दको रीट सर्वोच्चको अधिकार क्षेत्रभित्र नपर्ने भन्दै अदालतका रजिस्ट्रारले दरपीठ गरिदिएका हुन् ।

टिप्पणीहरू