राष्ट्रियसभा पनि अनिश्चितकालसम्म स्थगित

राष्ट्रियसभा पनि अनिश्चितकालसम्म स्थगित

संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि भोलि दिउँसो १ बजे बस्ने गरी तोकिएको बैठक निश्चितकालका लागि स्थगित गरिएको हो ।

विशेष कारणवश भोलि बैठक बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू