१ क्विण्टल गाँजासहित ३ जना भारतीय पक्राउ

१ क्विण्टल गाँजासहित ३ जना भारतीय पक्राउ

सुनसरीमा एक सय केजी गाँजासहित भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्जु गाउँपालिका ५, तिनमुहानबाट गए राति २६ वर्षीय मिठु रायलगायत तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु नेपालबाट भारततर्फ गाँजा बोकेर जाने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एक सय केजी गाँजा टाउकोमा बोकेर भारत लैजाँदै गर्दा हिजो राति सुनसरीबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।

पछिल्लो समय लागुऔषध ओसारपसारमा भारतीय नागरिकहरु नेपालमा सक्रिय हुन थालेका छन् । बरामद गाँजासहित प्रहरीले उनीहरुको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू