धनगढीमा ब्राउनसुगर बोक्ने दुई जना प्रहरी हिरासतमा

धनगढीमा ब्राउनसुगर बोक्ने दुई जना प्रहरी हिरासतमा

धनगढीमा ब्राउनसुगरसहित दुई जना समातिएका छन् । धनगढी उपमहानगरपालिका २, विश्वनाथ मन्दिर नजिकैबाट प्रहरीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय दिपेन्द्र सिंह र ३३ वर्षीय नितेश ओली हुन् । शंकास्पद रुपमा हिँडिरहेका उनीहरूको शरीर चेकजाँच गर्नेक्रममा उक्त लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

उनीहरुको साथबाट ४ ग्राम ६ सय ५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू