सीसीएमसी प्रमुखलाई कोरोना

सीसीएमसी प्रमुखलाई कोरोना

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रमुखलाई पनि कोरोना संक्रमण भएको छ । सीसीएमसी प्रमुख रामप्रसाद थपलियालाई कोरोना संक्रमण भएको हो ।

उहाँ नेतृत्वको अघिल्लो बैठकले विद्यालय बन्दलगायत १३ बुँदे सिफारिसका आधारमा सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गरेको थियो ।

तर, थपलियालाई कोभिड देखिएपछि त्यसयता सीसीएमसीको बैठक बस्न सकेको छैन । उक्त बैठकमा सहभागी सबै कन्ट्याक ट्रेसिङमा छन् ।

प्रधानमन्त्री कार्यालका सचिव शिशिरकुमार ढुंगाना र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

टिप्पणीहरू