स्वास्थ्यकर्मीको करार अवधि थप्ने निश्चित

स्वास्थ्यकर्मीको करार अवधि थप्ने निश्चित

कोरोना महामारीमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि थपिने भएको छ । सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने निर्णय गरेको हो ।

विभिन्न अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालामा करारमा नियुक्त चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि बढीमा तीन महिना थप गर्न निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

रिक्त पदमा जनशक्ति व्यवस्थापन गर्न माघदेखि लागु हुने गरि तीन महिना करार अवधि थप्न लागेको बताइएको छ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएका कारण कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दीअनुसार कुनै पनि पदमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी÷कर्मचारीहरुको करार अवधि आवश्यकताअनुसार माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्न सकिने जनाइएको छ ।

टिप्पणीहरू