संक्रमणदर बढ्यो, युवायुवती सबैभन्दा धेरै जोखिममा

संक्रमणदर बढ्यो, युवायुवती सबैभन्दा धेरै जोखिममा

कोरोना संक्रमण दर पुनः उकालो लागेको छ । आज पैंतिस सयबढीमा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर तीन हजार पाँच सय ५३ जना कोरोना संक्रमित भेटिएका छन् । १५ हजार ८१ जनामा नमूना परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।

तीमध्ये काठमाडौंमा मात्रै एक हजार चार सय ४९ जना छन् । भक्तपुरमा एक सय ५० र ललितपुरमा तीन सय १७ जना संक्रमित थपिएका छन् ।

यो अवधिमा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको छ । योसँगै मुलुकभर अझै १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय १० पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोनाको कारण एक जनाले ज्यान गुमाएका छन् ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये नौ सय ६० जना युवायुवती छन् भने दुई सय ६३ जना किशोर किशोरी हुन् । त्यस्तै, ११ वर्ष मुनिका ६४ जना संक्रमित थपिएका छन् । एक सय ४४ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँच हजार आठ सय ४२ पुगेको छ । भक्तपुरमा नौ सय ६३ र ललितपुरमा एक हजार पाँच सय ९१ जना संक्रमित छन् ।

 

टिप्पणीहरू