भारतमा हावा झैं फैलियो कोभिड, २४ घण्टामा साढे २ लाख संक्रमित

भारतमा हावा झैं फैलियो कोभिड, २४ घण्टामा साढे २ लाख संक्रमित

भारतमा कोभिड संक्रमण हावाको वेग झैं फैलिएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र भएको हो ।

भारतका २८ राज्य र क्षेत्रमा पाँच हजार चार सय ८८ जनामा ओमिक्रोन देखिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिडबाट ३ सय ८० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी केरलामा १ सय ९९ जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ ।

महाराष्ट्रमा ४६ हजार सात सय २३ जनामा कोभिड देखिएको छ । महामारीबाट राजधानी नयाँ दिल्लीसमेत अत्यधिक प्रभावित छ । दिल्लीमा कोभिडबाट पछिल्लो २४ घण्टामा साढे २७ हजार संक्रमित थपिएका छन् ।

टिप्पणीहरू