धादिङको पहिरोमा तीन जना बेपत्ता

धादिङको पहिरोमा तीन जना बेपत्ता

धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान साढे ७ बजेको समयमा पहिरो खस्दा डोजर चालक, सहचालक र उपभोक्ता समितिका स्थानीय युवा धनरौम तामाङ पुरिएका हुन् ।

बाटो खन्दा खसेको पहिरोले डोजर पनि पुरिएको रुबीभ्याली गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले जनआस्थासँगको कुराकानीमा बताउनुभएको छ । हाल पहिरोमा पुरिनेहरुको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । डोजर चालक र सहचालकको नाम खुलेको छैन ।

तामाङका अनुसार खोज र उद्धारमा जिल्ला प्रहरी कार्यालय धादिङको टोली परिचालन गरिएको छ ।

टिप्पणीहरू