१२ वर्ष मुनिका बालबालिकाको पठनपाठन ठप्प

१२ वर्ष मुनिका बालबालिकाको पठनपाठन ठप्प

कोरोना महामारीको जोखिम बढेपछि वीरगञ्ज महानगरपालिकाले १२ वर्ष मुनिका बालबालिकाको पठनपाठन बन्द गरेको छ । बालबालिकामा कोरोना संक्रमणको जोखिम धेरै भएपछि महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा र जिल्लाका शैक्षिक संस्थाका अगुवा तथा प्याब्सन र एन प्याब्सनका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो प्रभावलाई दृष्टिगत गरी खोप नलगाएका महानगरभित्रका १२ वर्षमुनिका बालबालिकाका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

विद्यालय बन्द भए पनि अरु विद्यार्थीलाई खोप लगाइने बताइएको छ । आगामी माघ ७ गतेभित्र सबै प्रकारका परीक्षा लिइसक्ने र त्यसपछि अर्को सूचना जारी नभएसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने महानगरले जानकारी दिएको छ ।

टिप्पणीहरू