एमाले अछाम महाधिवेशन : ३ घण्टामा ७० मत खस्यो

एमाले अछाम महाधिवेशन : ३ घण्टामा ७० मत खस्यो

नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन जारी छ । पुस २३ गतेबाट जारी जिल्ला अधिवेशनअन्तर्गत अधिकांश जिल्लाले नेतृत्व पाएको छ । केही जिल्लामा नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइएको छ । तर अछाममा नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

बिहान ९ बजेबाट सुरु मतदानमा तीन घण्टामा जम्मा ७० मत खसेको बताइएको छ । मतदान अधिकृत कृष्णप्रसाद ढुंगानाले दिएको जानकारी अनुसार जिल्लामा नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रमको प्रक्रिया निकै लामो भएको हो ।

बिहान ९ बजेदेखि लाइन लागे पनि मतदान गर्न सकस भएको मतदाता सीता कुँवरले बताएकी छन् । आयोजक कमिटीले मतदानस्थल व्यवस्थित नबनाएका कारण ढिलाइ भएको मतदाताहरूको गुनासो छ । यहि गतिमा मतदान भए सबै मतदाताले मतदान गर्न तीन दिन लाग्ने उनीहरुको भनाइ छ ।

मतदान प्रक्रियालाई छिटो गर्न भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य अछाम जिल्ला इञ्चार्ज झपट बोहरा, अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरालगायतका नेताहरु मतदानस्थलमा पुगेको बताइएको छ ।

टिप्पणीहरू