खोप कार्ड देखाउन गृहको आदेश, सर्वसाधारण भन्छन् : ‘खोप लगाउन पर्दैन ?‘

खोप कार्ड देखाउन गृहको आदेश, सर्वसाधारण भन्छन् : ‘खोप लगाउन पर्दैन ?‘

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले विभिन्न प्रतिबन्धहरु जारी गरेको छ । केही दिनयता लगातार उकालो लागेको संक्रमणदरलाई न्यूनीकरण गर्न मन्त्रालयले प्रतिबन्ध जारी गरेको हो । हिजोको मन्त्रीस्तरीय निर्णयलाई कार्यान्वयन गर्दै गृहले सार्वजनिकस्थलमा भीडभाड हुने सबै प्रकारका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।

उसले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यस्तो प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । अत्यावश्यक र नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने बताइएको छ ।

साथै, उसले अर्को सूचना नभएसम्म सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला नगर्न र नहुन भनेको छ । सार्वजनिक स्थान, कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य देखाउन पनि गृह मन्त्रालयले भनेको छ । तर, अहिलेसम्म ५० प्रतिशत जनसंख्यालाई पनि पूर्ण खोप लगाइएको छैन ।

सरकारले खोप नलगाएको अवस्थामा खोप कार्ड देखाएर मात्र सार्वजनिक सेवा प्राप्त गर्न गरिएको आग्रहको सर्वत्र आलोचना भएको छ । उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैलाई खोप लगाउन पर्दैन सरकार ? अनि कार्ड चाँही कसरी देखाउने ?’

टिप्पणीहरू