भारतमा ओमिक्रोन फैलने क्रम तीब्र

भारतमा ओमिक्रोन फैलने क्रम तीब्र

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन २७ वटा राज्य र क्षेत्रमा फैलिएको छ । आज बिहानसम्म भारतमा ४ हजार ३३ जनामा उक्त भेरिएन्ट पुष्टि भएको हो ।

तीमध्ये १५ सय ५२ जना निको भएर घर गएका छन् । भारतमा सबैभन्दा बढी ओमिक्रोन संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । त्यहाँ ५ सय २९, राजधानी नयाँ दिल्लीमा ५ सय १३ पुष्टि भइसकेका छन् ।

भारतमा अहिलेसम्म १ अर्ब ५१ करोड ९४ लाख डोज खोप लगाइएको छ । त्यो भनेको मोटामोटी ७५ करोड जनसंख्यालाई पूर्ण खोप हो । भारतमा कोरोना निको हुने दर ९६ दशमलव ६२ प्रतिशत पाइएको छ ।

टिप्पणीहरू