चितवनमा एमालेको अधिवेशन नहुने

चितवनमा एमालेको अधिवेशन नहुने

नेकपा एमाले चितवनको १० औँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) बढ्दै गएको भन्दै अधिवेशन स्थगन भएको हो ।

यसअघि अध्यक्षमण्डलले आज नयाँ कार्यसमितिमा रहन इच्छुक नेताहरूबीच सहमति गराएर नामावली घोषणा गर्ने कार्यक्रम थियो । जिल्ला अध्यक्षका लागि रामप्रसाद न्यौपाने,कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले इच्छा देखाएका छन् । अध्यक्षमा इच्छा देखाएका कमल पाठकले उपाध्यक्षमा बस्ने बताएका थिए ।

अध्यक्ष रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ले आज विज्ञप्ति जारी गर्दै पार्टी कार्यकर्ता एवं सर्वसाधारणमा पर्न सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गरी जिल्ला अधिवेशन हाललाई स्थगित गरिएको जानकारी दिएका हुन् ।

सर्वसम्मतिबाट जिल्ला अध्यक्षसहित कार्यसमिति सदस्य चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्वअध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरू छन् ।

टिप्पणीहरू